नेपालले सेमिफाइनलमा मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

नेपालले सेमिफाइनलमा मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी मेन्स यु -१६ कपको सेमिफाइनल खेलअन्तर्गत आज मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

नेपालका कप्तान बिपिन प्रसाद शर्माले टस जितेर फिल्डिङको निर्णय गर्दै मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । खेल बिहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु हुनेछ ।

प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूह विजेता हुँदै सेमिफाइनल खेल्दै छ । मलेसिया भने समूह बी को उपविजेता हो ।

Logo