मेड्रिड (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको सान्टियागो बर्नाबेउ रङ्गशालाको आज अवलोकन भ्रमण गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराएका हुन् । उनले आफू रियल मेड्रिडको फ्यान रहेको उल्लेख गर्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय निर्देशक मिगेलले क्लबको जर्सी उपहार दिएका थिए । निर्देशक मिगेलले क्लबको तालिम र भर्नामा सहभागी हुन नेपाली विद्यार्थीलाई प्रोत्साहन गरे ।





























प्रतिक्रिया