अल-हिलाललाई हराउँदै ब्राजिलियन क्लब फ्लुमिनेन्स क्लब विश्वकपको सेमिफाइनलमा

अल-हिलाललाई हराउँदै ब्राजिलियन क्लब फ्लुमिनेन्स क्लब विश्वकपको सेमिफाइनलमा

केन्द्रबिन्दु
186
Shares

काठमाडाैं । ब्राजिलियन क्लब फ्लुमिनेन्स क्लब विश्वकप २०२५ को सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

ओरल्यान्डोमा भएको रोमाञ्चक क्वाटरफाइनल खेलमा साउदी अरेबियाको अल-हिलाललाई २-१ ले पराजित गर्दै फ्लुमिनेन्स प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो।

खेलको पहिलो हाफको अन्त्यतिर मार्टिनेलीले उत्कृष्ट एकल प्रयासमा गोल गर्दै ब्राजिलियन टोलीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको केही समयपछि नै मार्कोस लियोनार्डोले गोल गर्दै अल-हिलालका लागि बराबरी गरे। यस प्रतियोगितामा मार्कोस लियोनार्डोको यो चौथो गोल थियो।

खेलको ७० औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका हर्कुलसले गोल गर्दै फ्लुमिनेन्सलाई पुनः अग्रता दिलाए। गेब्रियल फुएन्टेसको पासमा माथेउस मार्टिनेलीले १६ यार्ड बाहिरबाट सुन्दर फिनिश गर्दै फ्लुमिनेन्सलाई पहिलो गोल दिलाएका थिए।

अल-हिलालले एक पेनाल्टी पाएको थियो, तर भीएआरले सामुएल जेभियरले मार्कोस लियोनार्डोलाई दुर्घटनावश क्लिप गरेको भन्दै पेनाल्टीलाई उल्ट्याइदियाे ।
अल-हिलालले अन्तिम समयमा बराबरीका लागि निकै दबाब दिए पनि सफल हुन सकेन।

यो जितसँगै फ्लुमिनेन्सले आजै हुने चेल्सी र पाल्मेइरासबीचको क्वाटरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। फ्लुमिनेन्सले यसअघि पनि यसै प्रतियोगितामा मेटलाइफ स्टेडियममा बोरुसिया डर्टमण्डसँग बराबरी खेलेको थियो भने उल्सान एचडीलाई हराएको थियो।

Skip This
Skip This
Logo