काठमाडौँ

अखिल नेपाल फुटबल संघ ( एन्फा ) का पूर्ववरिष्ठ उपाध्यक्ष मणि कुँवरले निर्वाचित वर्तमान कार्यसमितिले चुनावका क्रममा व्यापक अनियमितता गरेको आरोप लगाएका छन् । "/>

एन्फा निर्वाचनमा अनियमितता भएको आरोप

एन्फा निर्वाचनमा अनियमितता भएको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अखिल नेपाल फुटबल संघ ( एन्फा ) का पूर्ववरिष्ठ उपाध्यक्ष मणि कुँवरले निर्वाचित वर्तमान कार्यसमितिले चुनावका क्रममा व्यापक अनियमितता गरेको आरोप लगाएका छन् । २२ वैशाखमा भएको एन्फा निर्वाचनको अघिल्लो दिन कुँवरले अध्यक्षमा नलड्ने घोषणा गरेका थिए ।

५ महिनापछि सोमबार पत्रकार सम्मेलन गरी कुँवरले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले चुनाव जित्नका लागि भ्रष्टाचार गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएको आरोप पनि लगाएका छन् । दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष समेत रहेका कुँवरले आफूले सबै प्रमाण जुटाएपछि सञ्चारकर्मीसमक्ष उपस्थित भएको बताए ।

कुँवरले चुनावका दौरानमा व्यापक अनियमितता र भ्रष्टाचार भएका प्रमाणहरू फिफा र एएफसीमा पठाएको जानकारी दिएका छन् । फिफाले सबै प्रमाण ‘इथिक्स’ कमिटीमा पठाएको जानकारी आफूले पाएको उनले बताए । यस्तै कुँवरले लाखौँ रुपैयाँ अपचलन भएको प्रमाण प्राप्त भएसँगै अब कानुनी लडाइँ सुरु गर्ने बताएका छन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo