काठमाडौं । आगामी आईसीसी पुरुष टी-२० एसिया क्वालिफायर्समा नेपाल समूह ‘बी’ मा परेको छ। यस समूहमा नेपालसँगै जापान र कुवेत रहेका छन्।
प्रतियोगिताको समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन्, भने आयोजक ओमान समूह ‘सी’ मा पपुवा न्युगिनी र सामोआसँग प्रतिस्पर्धा गर्नेछ। प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्, जुन अक्टोबर १२ देखि १७ सम्मका लागि निर्धारित गरिएको छ।
नेपालले ८ अक्टोबरमा कुवेतसँग पहिलो खेल खेल्नेछ भने दोस्रो खेल १० अक्टोबरमा जापानसँग खेल्नेछ ।
सुपर सिक्सको अन्त्यमा शीर्ष तीन स्थानमा रहने टोलीहरूले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि छनोट हुनेछन्। नेपालले विश्वकपमा स्थान बनाउनका लागि समूह चरण र सुपर सिक्स दुवैमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती रहेको छ।































प्रतिक्रिया