पीएसजीलाई पछि पार्दै लियोन शीर्षस्थानमा

पीएसजीलाई पछि पार्दै लियोन शीर्षस्थानमा

केन्द्रबिन्दु
0
Shares

लियोन फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा गएराति सम्पन्न खेलमा बोर्डेअक्सलाई २–१ ले पराजित गर्दै लियोन शीर्षस्थानमा उक्लिएको हो । लियोनले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पछि पार्दै शीर्षस्थानमा स्थान बनाएकाे हाे ।

लियोनले खेलको ३२औं मिनेटमा कार्ल टोको इकाम्वीको गोलबाट अग्रता लिएको थियो । ५५औं मिनेटमा स्यामुइल कालुले रेमी ओयुडिनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा म्याक्सवेल कर्नेटको पासमा लयो डुवोइसले गोल गर्दै टोलीलाई २–१ को जित दिलाउदै महत्वपुर्ण ३ अंक दिलाए ।

यो जितसँगै लियोनको २२ खेलबाट ४६ अंक पुगेको छ । एक खेल कम खेलेको पीएसजीको ४५ अंक छ ।

Logo