काठमाडाैं । स्पेनिस क्लब रियल म्याड्रिडका युवा स्ट्राइकर एन्ड्रीक फेलिपेले आफ्नी प्रेमिका तथा ब्राजिलियन मोडल गेब्रिएली मिराण्डासँग विवाह गरेका छन्। गत सेप्टेम्बरमा उनीहरूले कानुनी रूपमा विवाह गरिसकेका थिए, जसमा औंठी आदानप्रदान गरी पति-पत्नीको रूपमा घोषणा गरेका थिए।
लगभग एक वर्षपछि, यो जोडीले प्रेमको यो बन्धनलाई फेरि एकपटक औपचारिकता दिएको हो ।
१८ वर्षीय एन्ड्रीक एक वर्षदेखि रियल म्याड्रिडमा आबद्ध छन्। चोटबाट निको भइरहेका एन्ड्रीकको पहिलो सिजन सोचेजस्तो हुन सकेन, तर उनले यो वर्ष राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएका छन्। छुट्टीको समयमा उनले गेब्रिएली मिराण्डासँग विवाह गरेर आफ्नो व्यक्तिगत जीवनमा नयाँ अध्याय सुरु गरेका छन्।
यता गेब्रिएली मिराण्डाले एक मोडल र डिजिटल प्रभावकर्ताको रूपमा सफल करियर बनाएकी छिन्।































प्रतिक्रिया