काठमाडाैं । अस्ट्रेलियाले दाेस्रेा टी-२० खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ। यो जितसँगै ५ खेलको टी-२० सिरिजमा अस्ट्रेलियाले २-० को अग्रता लिएको छ।
१७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १५.२ ओभरमा मात्र २ विकेट गुमाएर १७३ रन बनाउँदै खेल जितेकाे हाे । अस्ट्रेलियाका लागि जोस इंग्लिसले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा ७८ रन जाेडे । र उनी प्लेयर अफ द म्याच घोषित भए।
क्यामरुन ग्रीनले पनि ३२ बलमा ५६ रनको अर्धशतकीय पारी खेले। मिचेल मार्सले २१ रन जोडे।
बलिङतर्फ वेस्ट इन्डिजका लागि बलिङमा जेसन होल्डरले ३ ओभरमा २८ रन खर्चेर १ विकेट लिए भने अल्जारी जोसेफले ३ ओभरमा ५० रन खर्चेर १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि ब्राण्डन किङले सर्वाधिक ५१ रन बनाएका थिए भने आन्द्रे रसेलले १५ बलमा ३६ रन जोडे। गुडाकेश मोटी १८ रनमा नटआउट रहे।
बलिङतर्फ, अस्ट्रेलियाका लागि एडम जाम्पाले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। ग्लेन म्याक्सवेलले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए भने नाथन एलिसले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए।





























प्रतिक्रिया