एनएसपीएलमा सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता प्रक्रिया खुला

एनएसपीएलमा सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता प्रक्रिया खुला

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)मा सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले आफ्नो नाम एनएसपीएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत दर्ता गराउन सक्नेछन्।

दर्ता शुल्क ब्याटर र बलरका लागि रु. १ हजार तोकिएको छ भने अलराउन्डरका लागि रु. १ हजार २०० निर्धारण गरिएको छ। खेलाडी दर्ता गर्ने अन्तिम मिति आगामी भदौ ८ गतेसम्म रहेको छ।

एनएसपीएलका लागि टिम दर्ता प्रक्रिया पनि सुरु गरिसकिएको छ।

एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले जारी गरेको विज्ञप्तिमा यो प्रतियोगिताले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने र नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

Skip This
Skip This
Logo