काठमाडाैं । वर्ल्ड च्याम्पियनसिप अफ लेजेन्ड्सको खेलमा दक्षिण अफ्रिकाले इङ्गल्याण्डलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
ग्रेस रोड मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले अविस्मरणीय शतक प्रहार गर्दै टोलीलाई सानदार जित दिलाएका हुन्।
टस जितेर दक्षिण अफ्रिकाले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। इङ्गल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५२ रन बनाएको थियो। इङ्गल्याण्डका लागि फिल मस्टर्डले ३३ बलमा ३९ रन, समित पटेलले १५ बलमा २४ रन र इयोन मोर्गनले १४ बलमा २० रन बनाए।
दक्षिण अफ्रिकाका लागि इमरान ताहिरले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने वायन पार्नेलले ४ ओभरमा ३६ रन दिएर २ विकेट लिए। क्रिस मोरिसले ३ ओभरमा ३२ रन खर्चेर १ विकेट हात पारे।
१५३ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले मात्र १२.२ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य हासिल गर्यो। दक्षिण अफ्रिकाको जितमा मुख्य भूमिका खेलेका एबी डिभिलियर्सले मात्र ५१ बलमा ११६ रनको विस्फोटक अविजित शतकीय पारी खेले। उनले १५ चौका र ७ छक्का प्रहार गरे ।
हासिम अमलाले २५ बलमा अविजित २९ रन बनाएर डिभिलियर्सलाई उत्कृष्ट साथ दिए।





























प्रतिक्रिया