पर्थ ग्लोरीकाे पाेष्टमा एसी मिलानको ९ गाेल

पर्थ ग्लोरीकाे पाेष्टमा एसी मिलानको ९ गाेल

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा इटालियन क्लब एसी मिलानले अष्ट्रेलियन क्लब पर्थ ग्लोरीलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ।

यो एकतर्फी खेलमा मिलानले सुरुदेखि नै पर्थ ग्लोरीलाई दबाबमा राखेको थियो। मिलानका लागि गोलको सुरुवात फिलिपो टेरास्यानोले खेलको तेस्रो मिनेटमै गरेका थिए। त्यसपछि नोआ ओकाफोरले २३ र २७औं मिनेटमा लगातार दुई गोल गर्दै अग्रता ३-० मा पुर्‍याए।

यसपछि क्रिश्चियन कोमोटोले २९औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने सामुल चुकवुजेले ३१औं मिनेटमा अर्को गोल थप्दा मिलानले पहिलो हाफमा ५-० को विशाल अग्रता लियो। दोस्रो हाफमा पनि मिलानको आक्रमण रोकिएन। राफेल लेआओले ४६ र ८५औं मिनेटमा दुई गोल गरे। सामुल रिचीले ५८औं मिनेटमा र युनुस मुसाहले ८०औं मिनेटमा एक-एक गोल थपेपछि मिलानले ९-० को सानदार जित हासिल गरेकाे हाे ।

यो जितले नयाँ सिजनको तयारीमा मिलानको उत्कृष्ट लय देखाएको छ।

Skip This
Skip This
Logo