पाकिस्तानमाथि वेस्ट इन्डिजकाे जित

पाकिस्तानमाथि वेस्ट इन्डिजकाे जित

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । तीन खेलकाे टी-२० अन्तर्राष्ट्रिय खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई २ विकेटले हराउँदै सिरिज १-१ बराबरीमा ल्याएकाे छ।

सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क, युएसएमा टस जितेर ब्याटिङ रोजेको प्याकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनायो। हसन नवाजले ४० रन र सलमान अली आघाले ३८ रन बनाए पनि टोलीले ठूलो स्कोर बनाउन सकेन। जवाफी ब्याटिङमा वेस्ट इन्डिजले १३५ रनको लक्ष्य २० ओभरमा २ बल बाँकी छदै पूरा गर्न सफल भयाे ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएर खेलको प्लेयर अफ द म्याच बने। उनले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट हात पारे। ब्याटिङमा गुडाकेश मोतीले २८ रन र शाई होपले २१ रन बनाए।

प्याकिस्तानका मोहम्मद नवाज र सईम आयुबले समान ३-३ विकेट लिए पनि टोलीले जित हात पार्न सकेन।

अब तेस्राे खेल उपाधिका लागि निर्णायक हुने भएकाे छ ।

Skip This
Skip This
Logo