काठमाडौं । भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गरेका नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
शनिबार राति भारतमा सम्पन्न प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन भारतका चोङरेङ कोरेनलाई नकआउट गर्दै ढाँटले बान्टमवेट च्याम्पियनको उपाधि जितेका हुन् । रविन्द्र, बान्टमवेट बेल्ट प्राप्त गर्ने पहिलो नेपाली फाइटर हुन् ।
२६ वर्षीय रविन्द्र पहिलो राउन्ड देखिनै शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनमाथि हाबी भएका थिए । तेस्रो राउन्डको ५४ सेकेन्डमा रविन्द्रले कोरेनलाइ नक आउट गर्दै बान्टम वेट, बेल्ट आफ्नो नाममा लेखाएका थिए ।
यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ भने उनले कोरेनको पाँच खेलको जित यात्रा तोडेका छन्। व्यावसायिक करियरमा रविन्द्रको यो नवौं उपाधि हो । उनको यो किर्तीमानी जितमा बधाइको ओइरो लागेको थियाे ।
नेपालको सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा जन्मिएका रविन्द्र, जसलाई बझाङको बाघ भनेर चिनिन्छ, बान्टमवेट च्याम्पियन बनेर विश्वभर नेपालको नाम उज्ज्वल बनाएका छन्। यो जीत नेपालको मिक्स्ड मार्सल आट्र्स इतिहासमा कोसेढुङ्गा साबित भएको छ। रविन्द्रको आक्रामक स्टाइल, ग्राउन्ड गेम र फिटनेसले उनलाई खतरनाक फाइटर बनाएको छ ।































प्रतिक्रिया