रोनाल्डोकाे ह्याट्रिकमा अल-नासरकाे फराकिलो जित

रोनाल्डोकाे ह्याट्रिकमा अल-नासरकाे फराकिलो जित

केन्द्रबिन्दु
114
Shares

काठमाडौं । क्लब मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल-नासरले रियो आवेलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ।

रोनाल्डोले ह्याट्रिक गरे ।

खेलको सुरुवातदेखि नै अल-नासरले विपक्षीमाथि दबाब बनाएको थियो। खेलको १५ औँ मिनेटमा मोहम्मद सिमाकानले गोल गर्दै अल-नासरलाई अग्रता दिलाए। त्यसपछि, पहिलो हाफको अन्त्यतिर, ४४ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गरे।

दोस्रो हाफमा पनि रोनाल्डोको जादु कायम रह्यो। उनले ६३ औँ र ६८ औँ मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। उनको अन्तिम गोल पेनाल्टीमार्फत भएको थियो।

यो जितले अल-नासरको आगामी सिजनको तयारी राम्रो भएको देखाएको छ।

Logo