पाकिस्तानको वेस्ट इन्डिजमाथि ५ विकेटको जित

पाकिस्तानको वेस्ट इन्डिजमाथि ५ विकेटको जित

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । वेस्ट इन्डिजविरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा पाकिस्तानले ५ विकेटको सानदार जित दर्ता गरेको छ।

वेस्ट इन्डिजले दिएको २८१ रनको लक्ष्य पाकिस्तानले ४८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। यस जितसँगै पाकिस्तानले सिरिजमा १-० को अग्रता लिएको हााे ।

२८१ रनको लक्ष्य पछ्याएको पाकिस्तानका लागि हसन नवाज र मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङ गरे। खेलको ‘प्लेयर अफ द म्याच’ समेत घोषित भएका हसन नवाजले ५४ बलमा अविजित ६३ रन बनाउँदै टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले।

यस्तै, कप्तान मोहम्मद रिजवानले ६९ बलमा ५३ रन र बाबर आजमले ६४ बलमा ४७ रनको योगदान दिए।

वेस्ट इन्डिजका बलर शमार जोसेफले २ विकेट लिएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४९ ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। वेस्ट इन्डिजका लागि इभिन लुइसले ६२ बलमा ६० रनको अर्धशतकीय पारी खेले भने शाई होपले ५५ र रोस्टन चेजले ५३ रन बनाएका थिए।

पाकिस्तानका बलर शाहिन अफ्रिदीले सर्वाधिक ४ विकेट लिएका थिए भने नसिम शाहले ३ विकेट हात पारेका थिए।

Logo