काठमाडौं
बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल अन्र्तगत आज भएको माल्दिभ्स र श्रीलंका वीचको खेल गोल रहित बराबरीमा भर्खरै सकिएको छ । निर्धारित ९० मिनेटमा कुनै पक्षबाट पनि गोल नभएपछि खेल बराबरीमा सकिएको हो ।
भोली नेपालले आफ्नो तेस्रो खेल आयोजक बंगलादेशसँग खेल्दैछ । सेमिफाइनलको यात्रा तय गर्न नेपाललाई भोलीको खेल जित्नै पर्ने दबाब छ । यस अघि नेपालले पाकिस्तानसँग २ – १ अन्तरले पराजय भोगेको थियो भने भुटानसँग ४ – ० को फराकिलो जित दर्ता गरेको थियो ।





























प्रतिक्रिया