काठमाडाैं । नेपाली राष्ट्रिय टोलीका ललित राजवंशीको स्थानमा साहब आलमले अस्ट्रेलियामा हुने टप एन्ड टी-२० सिरिज खेल्ने भएका छन् ।
ललितलाई मातृशाेक परेपछि साहबलाई टोलीमा राखिएको हो। ललितकी आमा सरला (शुभकुमारी) राजवंशीको आइतबार बिहान विराटनगर महानगरपालिका–१४ जतुवास्थित आफ्नै निवासमा निधन भएको हो ।
नेपाली टोली सहभागी हुने टप एन्ड सिरिज आगामी अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विन जाँदैछ। १६ सदस्यीय नेपाली टोलीमा पुरानै अनुहारको बाहुल्यता छ।
नेपालले यस वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो।
अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ। त्यसपछि नेपालले बंगलादेश ‘ए’ १६ अगस्टमा, मेलबर्न स्टार्स १८ अगस्टमा, होबर्ट हुरिकेन्स १९ अगस्टमा, २० मा मेलबर्नसँग २० अगस्ट र पाकिस्तान साहिन्सासँग २२ अगस्टमा खेल्नेछ ।































प्रतिक्रिया