काठमाडाैं । दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५३ रनको फराकिलो अन्तरले पराजित गर्दै तीन खेलको टी-२० सिरिज १-१ को बराबरीमा ल्याएको छ।
खेलमा दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिसले अविश्वसनीय ब्याटिङ प्रदर्शन गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।
टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको अस्ट्रेलियाको योजना सफल हुन सकेन। दक्षिण अफ्रिकाका ब्याट्सम्यान, विशेषगरी डेवाल्ड ब्रेभिसको उत्कृष्ट प्रदर्शनका कारण टोलीले २० ओभरमा ७ विकेट गुमाएर २१८ रनको विशाल योगफल खडा गर्यो। ब्रेभिसले मात्र ५६ बलमा १२५ रनको विष्फोटक इनिङ खेले, जसका लागि उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।
उनको इनिङमा अन्य ब्याट्सम्यानहरूले पनि साथ दिए, जसमा ट्रिस्टान स्टब्सले ३१ र एडन मार्करमले १८ रन बनाए।
२१९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले सुरुदेखि नै दक्षिण अफ्रिकाका बलरहरूको दबाबमा खेल्नुपरेको थियो। अस्ट्रेलियाका लागि टिम डेभिडले सर्वाधिक ५० रन बनाए पनि अन्य ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन्।
अन्ततः अस्ट्रेलिया १७.४ ओभरमा १६५ रनमा अल आउट भयो।
दक्षिण अफ्रिकाका लागि कोर्बिन बोश र क्वेना मफाकाले ३-३ विकेट लिएर अस्ट्रेलियाको ब्याटिङ लाइनअप ध्वस्त पारेका थिए।































प्रतिक्रिया