बागमतीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

बागमतीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

केन्द्रबिन्दु
66
Shares

काठमाडौं‌ । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश समितिद्वारा आयोजित मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता बागमतीमा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता संयोजक हरि शरण जमकटेलले गरे भने नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल प्रमुख अतिथि रहेका थिए । सो अवसरमा पार्टी केन्द्रीय सदस्य एवं युवा संघका इञ्चार्ज राजिव पाहारी, संगठन अध्यक्ष क्षितिज थेबे, उपाध्यक्ष महाराज गुरुङ र विनय शाह, महासचिव महेश चौलागाई, उप–महासचिव उपेन्द्र साहि, सचिव मदन भण्डारी, कार्यालय प्रमुख राजु तिवारीलगायत युवा संघको केन्द्रीय नेतृत्वको उपस्थिति रहेको थियो।

बागमती प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै २४ टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए। खेललाई सभ्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पुर्‍याउने मुख्य प्रशिक्षक सुदिप योञ्जन, अन्य रेफ्री तथा सम्पूर्ण खेलाडीलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ।

प्रतियोगितामा राम मल्ल ठकुरी/लक्ष्मण मल्ल ठकुरी प्रथम, कमल लामा/गोबिन्द थापा द्वितीय, तथा सिरोर्ड सुवाल/संयोग बस्नेत र विश्वराज आले/राकेश डंगोल तृतीय स्थानमा रहे ।

उद्घाटन खेलमा संगठन समन्वय प्रमुख भानुभक्त ढकाल र उपाध्यक्ष महाराज गुरुङ संगठनका अध्यक्ष क्षितिज थेबे र इन्चार्ज राजिब पहारीको प्रतिस्पर्धा भएको थियो । साे खेलमा अध्यक्ष क्षितिज थेबेकाे टिम बिजयी भएको थियो ।

Logo