करण सम्मिलित टिम पुणे पराजित

करण सम्मिलित टिम पुणे पराजित

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स आबूधाबी टि१० लिगमा कलन्दर्ससँग ९ विकेटले पराजित भएको छ ।

जितको लागि १०८ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले ७.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पुणेका लागि करण सबैभन्दा कसिलो बलिङ गर्ने बलर रहे । एक ओभर बलिङ गरेका करणले ९ रन खर्चिए । जुन पुणेका लागि १० भन्दा कमको इकोनमीमा बलिङ गर्ने एकमात्र बलर थिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको पुणेले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १०७ रन बनाएको थियो ।

 

Logo