आसामले नेपाल ʻएʼलाई दियो १९१ रनको लक्ष्य

आसामले नेपाल ʻएʼलाई दियो १९१ रनको लक्ष्य

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । भारतको आसामको राज्य टिमले नेपाल ʻएʼलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

आज बिहान गुवाहाटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आसामले २० ओभरमा ८ विकेट गुमाएर आसामले १९० रन बनाएको हो। आसामका लागि कप्तान सुमित घदिअन्करले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, रोहित सेन र आकाश सेनगुप्ताले समान २४ रन तथा अभिनव चौधरीले २६ रन जाेडे ।

नेपालका लागि आकाश चन्दले ३ विकेट लिए भने विवेक यादव र कमलसिंह ऐरीले २-२ विकेट लिँदा आदिल आलमकाे नाममा १ विकेट रह्याे ।

Logo