काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले घरेलु टाेली युएईलाई पराजित गर्दै ‘सुपर फोर’ मा स्थान सुरक्षित गरेको छ। यो जितसँगै समूह ‘ए’ बाट पाकिस्तानले भारतपछि दोस्रो टोलीका रूपमा अर्को चरणमा आफ्नो यात्रा तय गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ५० रन जाेडे । शाहीन अफ्रिदी २९ रनमा अविजित रहे ।
जवाफमा, युएईको टोलीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १०५ रन मात्र बनाउन सक्यो। यससँगै पाकिस्तान ४१ रनको फराकिलो अन्तरले विजयी भयो।





























प्रतिक्रिया