एम्बाप्पे र मिलिटाओकाे उत्कृष्ट गोलमा रियल म्याड्रिड विजयी

एम्बाप्पे र मिलिटाओकाे उत्कृष्ट गोलमा रियल म्याड्रिड विजयी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले इस्पान्योललाई २-० गोलअन्तरले पराजित गरेको छ। सान्टियागो बर्नाबेउ स्टेडियममा भएको यो खेलमा रियल म्याड्रिडले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो।

खेलको २२ औं मिनेटमा डिफेन्डर एडर मिलिटाओले उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसपछि, ४७औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियल म्याड्रिडको अग्रता दोब्बर बनाए।

पछि दुवै टोलीले गोल गर्न सकेनन्। इस्पान्योलले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। यस जितसँगै रियल म्याड्रिडले लिगको शीर्षस्थानमा आफ्नो पकड थप बलियो बनाएको छ।

Logo