काठमाडौंमा महिला फुटबललाई समर्पित ‘मिनि रंगशाला’ बन्दै, चैतसम्म सम्पन्न गर्ने लक्ष्य

काठमाडौंमा महिला फुटबललाई समर्पित ‘मिनि रंगशाला’ बन्दै, चैतसम्म सम्पन्न गर्ने लक्ष्य

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महिला फुटबलको सफलतालाई थप प्रोत्साहन गर्नका लागि सानो गौचरण स्टेडियम (मिनि रंगशाला)को पुनःनिर्माण द्रुत गतिमा अगाडि बढाएको छ ।

मेयर बालेन शाहका अनुसार, महिला खेलाडीहरूका लागि समर्पित, १२ महिना नै प्रयोग गर्न मिल्ने सुविधायुक्त तालिम मैदान बनाउने उद्देश्यका साथ यो परियोजना सुरु गरिएको हो। वडा नं. ५ को सहजीकरणमा सानो गौचरणको जग्गामा निर्माण भइरहेको यो रंगशालाको पुनःनिर्माण कार्य २०८१ मंसिरमा सुरु भएको थियो। महानगरले यसलाई २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।

१८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँको लागतमा शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मा पाएको छ ।

रंगशालाका मुख्य विशेषताः

खेल मैदान: रंगशालामा ९६×६२ मिटरको खेल मैदान बन्नेछ।

घाँस तथा निकास: मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ।

सुरक्षा: वरिपरि सिमा पर्खालको व्यवस्था गरिनेछ।

पार्किङ सुविधा: रंगशाला परिसरमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा दुई पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पर्याप्त पार्किङ राखिएको छ।

भुइँ तलामा- महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय।

पहिलो तलामा- महिलाका लागि ७ वटा र पुरुषका लागि ५ वटा शौचालयको व्यवस्था हुनेछ।

मेयर शाहले महानगरमा आएपछि विद्यालयका खेल मैदान तथा यस्ता सार्वजनिक स्थानका खेल मैदानहरूको स्तरउन्नतिमा विशेष ध्यान दिएको बताएका छन् ।

Skip This
Skip This
Logo