कतारमाथि यूएईको सहज जित

कतारमाथि यूएईको सहज जित

केन्द्रबिन्दु
75
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप एशिया तथा इष्ट एशिया प्यासिफिक रिजनल छनोट अन्तर्गत यूएईले कतारमाथि ७ विकेटको सानदार जित हासिल गरेको छ।

ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा भएको समूह चरणको पहिलाे खेलमा कतारले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो।

पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११८ रनको सामान्य योगफल तयार पारेको थियो। कतारका लागि मिर्जा मोहम्मद बैगले सर्वाधिक ३० रन बनाए। शाहजैब जमिला अहमदले २० र शारिक मुनीरले १९ रनको योगदान दिए। यूएईका लागि बलिङमा मुहम्मद रोहिद ले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिए भने जाहिद अली ले पनि २ विकेट हात पारे।

जीतका लागि ११९ रनको लक्ष्य लिएर मैदान उत्रिएको यूएईले आक्रामक ब्याटिङ गर्दै मात्र १८.३ ओभर मा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

यूएईको जीतमा युवा ब्याट्सम्यान अलिशान शराफुको अर्धशतकीय पारी महत्वपूर्ण रह्यो। उनले ४२ बलमा अविजित ५१ रन बनाउँदै टोलीलाई सहज जित दिलाए। त्यस्तै, हर्षित कौशिकले अविजित ३७ रनको योगदान दिए।

कतारका लागि बलर मुहम्मद जमान ले २ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

यो जितसँगै यूएईले टी-२० विश्वकप छनोटको सुपर सिक्सतर्फ आफ्नो यात्रा सहज बनाएको छ। प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ र आज (बुधबार) साँझ कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

Skip This
Skip This
Logo