फिफा विश्वकप अन्तगत क्वाटरफाइनको समीकरण पुरा भएको छ । मंगलबार र बुधबार सेमीफाइनलका खेल हुनेछन् ।  विश्वकपको रुस संस्करणबाट प्रमुख दावेदार मानिएका टिमहरु (साजिक विजेता जर्मनी, साविक उपविजेता अर्जेन्टिना, ब्राजिल, स्पेन, पोचुगल) बाहिरिएका छन् । "/>

फिफा विश्वकपः बढी गोल गर्ने टिम बेल्जियम

फिफा विश्वकपः बढी गोल गर्ने टिम बेल्जियम

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप अन्तगत क्वाटरफाइनको समीकरण पुरा भएको छ । मंगलबार र बुधबार सेमीफाइनलका खेल हुनेछन् । विश्वकपको रुस संस्करणबाट प्रमुख दावेदार मानिएका टिमहरु (साजिक विजेता जर्मनी, साविक उपविजेता अर्जेन्टिना, ब्राजिल, स्पेन, पोचुगल) बाहिरिएका छन् ।

विश्वकपको यात्रा सेमीफाइनल सम्मको यात्रा तय हुँदा बेल्जियमले अहिलेसम्म खेलेका ५ खेलमा १३ गोल गरेको छ । जुन जारी विश्वकपमा अहिलेसम्मको सर्वाधिक गोल हो । १ आत्मघाति गोल गरेको उसले जम्मा ५ गोल खाएको छ ।

त्यस्तै सेमिफाइनलमा प्रवेश गरेको अर्को राष्ट्र इंग्ल्याण्डले ५ खेलमा ११ गोल गर्दैै ४ गोल खाएको छ । आयोजक रुसले ५ खेलबाट ११ गोल गरेको छ भने ७ गोल खाएको छ । उसले १ आत्मघाति गोल गरेको थियो । क्रोएसियासँग पराजित हुँदै रुस क्वाटरफाइनलबाट बाहिरिएको छ ।

यता सेमीफाइनलमा पुगेको अर्को राष्ट्र क्रोएसियाले ५ खेलबाट ९ गोल गरेको छ, ४ गोल खाएको छ । उसले १ आत्मघाती गोल गरेको थियो । त्यस्तै फ्रान्स र ब्राजिलले समान ८ गोल गरेका छन् । जम्मा ५ खेलमा फ्रान्सले ४ र ब्राजिलले ३ गोल खाएको छ । फ्रान्सले १ आत्मघाती गोल गरेको थियो ।

यस्तै उरुग्वेले ५ खेलबाट ६ गोल गर्दै ३ गोल खाएको छ । यता स्पेन र कोलम्बियाले समन ६ गोल गरेका छन् । स्पेनले १ आत्मघाति गोल सहित ६ गोल खाएको छ भने कोलम्बियाले ३ गोल खाएको छ । स्वीडेनले ५ खेलबाट ५ गोल गर्दै १ आत्घातती सहित ४ गोल खाएको छ ।

गोल्डेन बुटको दौड

जारी विश्वकपमा क्वाटरफाइनलको यात्रा समाप्त हुँदसम्म गोल्डेन बुटको दाबेदारका विषयमा सबैले आ—आफ्नो अनुमान लगाउन थालेका छन् । अहिलेसम्म इंग्ल्याण्डका हेरी केन ६ गोल सहित शीर्ष स्थानमा छन् । त्यस्तै बेल्जियमका रोमेलु लुकाकुले ४ गोल गरेका छन् । एन्टोनी ग्रिजमन र केलियन एम्बाप्पे (फ्रान्स) ले समान ३—३ गोल गर्दै गोल्डेन बुट दाबी नजिक पुगेका छन् ।

यता पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र रुसका डेनिस चेरिशेव समान ४—४ गोल गरेपनि विश्वकपबाट बाहिरिसकेकाले उनीहरु गोल्डेन बुट पाउने खेलाडीको सूचीमा हुने छैनन् ।

Logo