फ्रान्स र आइसल्यान्डबीच बराबरी

फ्रान्स र आइसल्यान्डबीच बराबरी

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । फिफा विश्वकप छनोट प्रतियोगिताअन्तर्गत फ्रान्सले आइसल्यान्डसँग २-२ को बराबरी खेलेको छ। यो नतिजासँगै फ्रान्सको यस छनोट यात्रामा लगातार जितको शृङ्खला टुंगिएको छ।

निकै रोमाञ्चक बनेको खेलमा आइसल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई अंक बाँड्न बाध्य बनायो।

पहिलो हाफमा आइसल्यान्डले भिक्टर पालसनको ३९औं मिनेटको गोलमार्फत अप्रत्याशित अग्रता लिएको थियो। दोस्रो हाफमा फ्रान्सले ६३औं मिनेटमा क्रिस्टोफर एन्कुन्कु र त्यसको लगत्तै ६८औं मिनेटमा जीन-फिलिप माटेटाको गोलबाट २-१ को अग्रता बनायो। तर, फ्रान्सको अग्रता धेरै बेर टिकेन। त्यसको केवल दुई मिनेटपछि, ७०औं मिनेटमा क्रिस्टीआन ह्लिन्सनले गोल गर्दै आइसल्यान्डलाई बराबरीमा फर्काए।

Skip This
Skip This
Logo