विश्वकप छनोटः नेपालले आज सामोआसँग खेल्दै, उपाधि जित्ने अवसर

विश्वकप छनोटः नेपालले आज सामोआसँग खेल्दै, उपाधि जित्ने अवसर

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताको सुपर सिक्स अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज (शुक्रबार) सामोआसँग प्रतिस्पर्धा गर्दैछ।

शीर्ष स्थानमा रहेको नेपाललाई आजको खेलमा जित हात पार्दै प्रतियोगिताको च्याम्पियन बन्ने सुनौलो अवसर प्राप्त भएको छ। नेपालले सुपर सिक्सका चार खेलमा अपराजित रहँदै ८ अङ्कका साथ पहिलो स्थान सुरक्षित गरेको छ। नेपालले यसअघि यूएई, कतार र ओमान जस्ता टोलीहरूलाई पराजित गरिसकेको छ।

सुपर सिक्समा कुनै पनि खेल जित्न नसकेको सामोआ तालिकाको पुछारमा छ र यसअघि नै विश्वकप छनोटको दौडबाट बाहिरिसकेको छ।

नेपालले यस प्रतियोगिताको शीर्ष तीनमा पर्दै सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकपका लागि यसअघि नै आफ्नो स्थान सुरक्षित गरिसकेको छ। ओमान र यूएई पनि विश्वकपमा छनोट भइसकेका छन्।

नेपाल र सामोआबीचको यो अन्तिम खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।

Skip This
Skip This
Logo