काठमाडौं । आईसीसी टी२० विश्वकप क्वालिफायरको ‘सुपर सिक्स’ चरणको अन्तिम खेलमा नेपालले सामोआविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । सामोआले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।
शीर्ष स्थानमा रहेको नेपाललाई आजको खेलमा जित हात पार्दै प्रतियोगिताको च्याम्पियन बन्ने सुनौलो अवसर प्राप्त भएको छ। नेपालले सुपर सिक्सका चार खेलमा अपराजित रहँदै ८ अङ्कका साथ पहिलो स्थान सुरक्षित गरेको छ। नेपालले यसअघि यूएई, कतार र ओमान जस्ता टोलीहरूलाई पराजित गरिसकेको छ।
सुपर सिक्समा कुनै पनि खेल जित्न नसकेको सामोआ तालिकाको पुछारमा छ र यसअघि नै विश्वकप छनोटको दौडबाट बाहिरिसकेको छ।





























प्रतिक्रिया