च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । युइएफए च्याम्पियन्स लिगको रोमाञ्चक खेलमा स्पेनिस महारथी बार्सिलोनाले ग्रीसको क्लब ओलम्पियाकोसलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ।

बार्सिलोनाको घरेलु मैदानमा भएको यस खेलमा युवा स्टार फर्मिन लोपेज नायक बने, जसले ७औं, ३९औं र ७६औं मिनेटमा गाेल गर्दै ह्याट्रिक पूरा गरे। त्यस्तै, अर्का प्रभावशाली खेलाडी मार्कोस राशफोर्डले पनि ७४औं र ७९औं मिनेटमा दुई गोल गरे । बार्सिलोनाका लागि छैठौँ गोल लामिन यामालले ६८औं मिनेटमा पेनाल्टी मार्फत गरेका थिए।

खेलको दोस्रो हाफमा ओलम्पियाकोसले केही सुधारिएको प्रदर्शन गरे पनि त्यो पर्याप्त भएन। ओलम्पियाकोसका लागि ५३औं मिनेटमा अयूब एल काबीले पेनाल्टीमा एक मात्र गोल फर्काएका थिए।

यद्यपि, ५७औं मिनेटमा ओलम्पियाकोसका खेलाडी सेन्टियागो हेज्जेले रातो कार्ड पाएपछि ओलम्पियाकोस १० खेलाडीमा सीमित भयो र त्यसपछि खेल पूर्ण रूपमा बार्सिलोनाको नियन्त्रणमा पुगेको थियो।

Logo