नापोलीकाे फराकिलो हार

नापोलीकाे फराकिलो हार

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । च्याम्पियन्स लिगमा डच क्लब पीएसभीले इटालियन क्लब नापोलीलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको छ।

गोलको वर्षा भएको यस खेलमा पहिलो गोल भने नापोलीका खेलाडी स्कट म्याक्टोमिनेले खेलको ३१औँ मिनेटमा गरेर आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर, नापोलीको खुसी धेरैबेर टिक्न सकेन। ३५औँ मिनेटमा नापोलीका एलेसेन्ड्रो बुओन्जोर्नोले आत्मघाती गोल गरेपछि पीएसभीले बराबरी गर्यो। त्यसको ३ मिनेटपछि नै इस्मेल साइबारीले ३८औँ मिनेटमा गोल गर्दै पीएसभीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा पीएसभी अझै आक्रामक देखियो। डेन्निस मानले ५४औँ मिनेटमा तेस्रो गोल गरे। नापोलीका लोरेन्जो लुक्काले ७८औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई ३–२ को अवस्थामा ल्याए।

तर, खेलको अन्तिम १० मिनेटमा पीएसभीले गोलको वर्षा नै गर्यो। ८०औँ मिनेटमा डेन्निसले आफ्नो दोस्रो र टोलीका लागि चौथो गोल गरे। नाटकीय रूपमा, नापोलीका स्कट म्याक्टोमिनेले ८८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ४–३ मा झारे पनि त्यसपछि पीएसभीले थप २ गोल गर्न सफल भयो। रिकार्डो पेपीले ८७औँ मिनेटमा र कुहैब ड्रिउचले ८९औँ मिनेटमा गोल गरेपछि पीएसभीले ६–२ को सानदार जित सुनिश्चित गर्यो।

यस जितसँगै पीएसभीले च्याम्पियन्स लिगमा महत्त्वपूर्ण तीन अंक जोडेको छ।

Skip This
Skip This
Logo