युभेन्टसमाथि रियल म्याड्रिड विजयी

युभेन्टसमाथि रियल म्याड्रिड विजयी

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । युईएफए च्याम्पियन्स लिगको रोमाञ्चक भिडन्तमा स्पेनिस महारथी रियल म्याड्रिडले इटालियन क्लब युभेन्टसलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडका लागि मिडफिल्डर जुड बेलिङ्घम निर्णायक बने। उनले खेलको ५७औं मिनेटमा सुन्दर गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले सुरुवाती समयमा गोलका अवसरहरू सिर्जना गरे पनि सफल हुन सकेनन्। पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। तर, दोस्रो हाफको सुरुवातमै रियल म्याड्रिडले आफ्नो नियन्त्रण जमाउँदै जुड बेलिङ्घम मार्फत गोल गर्न सफल भयो।

युभेन्टसले बराबरी गोल फर्काउनका लागि अन्तिमसम्म प्रयास गरे पनि रियल म्याड्रिडको रक्षापंक्तिलाई तोड्न सकेन।

Skip This
Skip This
Logo