अस्ट्रेलियाविरुद्ध रोहित शर्माको शानदार शतक

अस्ट्रेलियाविरुद्ध रोहित शर्माको शानदार शतक

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । भारतीय पूर्वकप्तान रोहित शर्माले अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो शतक पूरा गरेका छन्। उनले १०५ बलमा यो महत्त्वपूर्ण कोशेढुङ्गा पार गरे।

सिड्नी क्रिकेट ग्राउन्डमा शनिबार भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याउने क्रममा रोहितले शानदार प्रदर्शन गरे। उनले टिमलाई बलियो सुरुवात दिलाए र विराट कोहलीसँग मिलेर ठूलो साझेदारी गरे।

रोहित शर्माले आफ्नो शतकीय इनिङ्समा उत्कृष्ट शटहरू प्रहार गर्दै टिमलाई जितको नजिक पुर्‍याएका छन्। यो उनको करियरको ५० औँ अन्तर्राष्ट्रिय शतक हो र अस्ट्रेलियाविरुद्धको नवाैं एकदिवसीय शतक पनि हो।

यसअघि, हर्षित राणाको ४ विकेटको उत्कृष्ट प्रदर्शनका कारण भारतीय बलरहरूले अस्ट्रेलियालाई २३६ रनमा समेटेका थिए।

भारतीय टिम यो सिरिजमा २-० ले पछि परिरहेको अवस्थामा क्लिन स्वीप हुनबाट जाेगिन यो खेल जित्नै पर्ने दबाबमा छ ।

Skip This
Skip This
Logo