काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले कसिलो बलिङ गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा टस जितेर बलिङ रोजेको नेपालले पहिलो १० ओभरमा ३२ रन दिएर एक विकेट लिएको हो । नेपालका बलरसामू अमेरिकाका ब्यासम्यानले हात खोल्न सकेका छैनन् । ७.२ ओभरमा नेपालका सोमपाल कामीले २९ बल खेलेका आन्द्रेस गौसलाई ११ रनमा पवेलियन फर्काएका थिए ।
त्रिकोणात्मक सिरिजमा नेपाल, अमेरिका र युएई छन् । जारी लिगमा नेपाल चार सिरिजमा १६ खेल खेलेर १२ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका २० खेलमा २८ अङ्कका साथ दोस्रो स्थानमा छ ।
लिग–२ मा सहभागी आठ राष्ट्रले कूल नौ सिरिजमा जम्मा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन सिरिज खेल्नेछन् भने ६ सिरिज अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा सहभागी हुनेछन् ।































प्रतिक्रिया