बिश्वकपको पहिलो खेलमा मोरक्को बिरुद्ध जित हात पारेको इरानले यो सफलताको श्रेय अमेरिकाले आफ्नो देश प्रति लगाएको नाकाबन्दीलाई प्रेरणाको रुपमा लिएको बताएको छ ।
सफलता पछि इरानियन टिमका प्रशिक्षक कार्लोस क्वेरोजले स्पेनिस पत्रिकालाई अन्तवार्ता दिदै हाम्रो देशलाई जसरी नाकाबन्दी लगाएर कमजोर बनाएको बताउन चाहनेहरुलाई यो सफलताले राम्रो सन्देश दिएको छ । हामी उक्त नाकाबन्दीले गर्दा नै फुटबल मार्फत् केही देखाउने प्रयासमा थियौ ।
अमेरिकाको नाकाबन्दीको प्रभाव इरानियन टिमको बिश्वकपमा पनि परेको थियो । इरानियन टिमको प्रायोजकमा नाईकी कम्पनी रहेको थियो । जसको कारण उसले खेलाडीहरुलाई चाहिने सबै खेल सामग्रीहरु सप्लाई गर्नु पथ्र्यो । तर अमेरिकी कम्पनी नाईकीले इरानियन टिमलाई जुत्ता समेत सप्लाई गरेन । जसको कारण इरानियन खेलाडीहरुले फरक फरक ब्राण्डको जुत्ता लगाएर मैदानमा खेलेका थिए ।





























प्रतिक्रिया