काठमाडौं ।
फिफा विश्वकप अन्तर्गत शुक्रबार भएको समूह बी को पहिलो खेलमा इरान विजयी भएको छ । नेपाली समयअनुसार पौने ९ बजे भएको खेलमा निर्धारित ९० मिनेटसम्म कुनै पनि टिमले गोल गर्न सकेको थिएन् ।
थप गरिएको अतिरिक्त समयमा मोरक्कोले आत्मघाती गोल गरेपछि इरान १—० गोलले विजयी भएको हो ।
निर्धारित ९० मिनेटमा गोल नभएपछि २ मिनेटको समय थप गरिएको थियो ।
यो भन्दा पहिले एक पटक मात्रै भिडेका यी दुई टोलीले पाचौं पटक विश्वकपमा सहभागी भएका हुन् ।
इरानले विश्वकप क्वालिफाइङ २०१८ का खेलहरुमा १२ खेलमा विजयी र ६ खेलमा बराबरी गर्दै रसियाकालागि अपराजित यात्रा तय गरेको हो। उसले हालसम्म विश्वकपको समूह चरण पार गर्न सकेको छैन।
यस्तै, मोरक्को १९९६ विश्वकपमा मात्रै राउण्ड अफ १६ मा प्रवेश गरेको थियो। बाँकी सबै खेलहरुमा मोरक्को समूह चरणबाटै बाहिरिएको थियो।
यस अघिको खेलमा भने उरुग्वेले इजिप्टलाई १- ० गोल अन्तरले जितेको थियो ।
यसपछि समुह चरण कै बहुप्रतिक्षित खेलमा स्पेन र पोर्चुगल भिड्नेछन् ।
































प्रतिक्रिया