कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य

कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको महत्वपूर्ण शतकीय इनिङको मदतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत घरेलु टोली युएईविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन जोडेको हो । नेपालका लागि कप्तान रोहितले महत्वपूर्ण शतकीय इनिङ खेले । १३० बल खेलेका उनले ५ चौका र २ छक्काको मदतमा १०९ रन जोडे ।

रोहितलाई ओपनिङमा आसिफ शेखले साथ दिए, जसले ४८ बलमा ४ चौकासहित ३५ रन बनाए । आसिफ आउट भएपछि दीपेन्द्र सिंह ऐरी २३ रन र आरिफ शेख २७ रन बाहेक अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। कुशल भुर्तेल ७ रन र करण केसी १३ रनमा आउट भए।

यूएईका लागि बलर जुनैद सिद्दीकी सबैभन्दा सफल रहे। उनले १० ओभरमा मात्र ५४ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए।

Skip This
Skip This
Logo