अमेरिकाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

अमेरिकाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा अमेरिकाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबईको मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुने यो एकदिवसीय खेलमा अमेरिकाले टस जितेर बलिङ रोजेपछि नेपालले अब ब्याटिङ गर्ने भएको हो । यो खेलमा नेपाल पहिलो जितको खोजीमा छ ।

यसअघि भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो । सिरिजमा नेपालको यो तेस्रो खेल हो ।

Logo