काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले कप्तान रोहितकुमार पौडेललाई गुमाएको छ ।
दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका कप्तान रोहित ४६ बलमा २ चौकाको मदतमा ३६ रन बनाएर आउट भएका हुन् ।उनको विकेट हर्मित सिंहले लिए । रोहित ओडिआईमा २००० रन पूरा गर्नबाट २ रनले मात्रै चुकेका छन् ।
हाल क्रिजमा अर्धशतक प्रहार गरिसकेका दीपेन्द्रसिंह ऐरी र गुलसन झा रहेका छन् । नेपाल ३९ ओभरमा ५ विकेटको क्षतिमा १९१८रन जोडेर खेलिरहेको छ ।





























प्रतिक्रिया