करण र दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

करण र दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले चुनौतीपूर्ण लक्ष्य प्रस्ततु गरेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन जोडेको हो । नेपालको इनिङ्समा मध्यक्रमका ब्याटर दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ७५ रन बनाए । ऐरीले ६७ बलको सामना गर्दै आफ्नो अर्धशतक पूरा गरेर ठूलो स्कोरतर्फ डोर्याएका थिए। ६७ बलमा उनले २ चौका र ३ छक्का प्रहार गरे । ऐरीले ४३ बलमा अर्धशतक पूरा गरेका थिए ।

यस्तै, नेपालका लागि ओपनर कुशल भुर्तेलले ६५ बलमा ४७ रन जोड्दै इनिङ्सलाई बलियो सुरुवात दिएका थिए भने अनुभवी ब्याटर भीम सार्कीले ४३ रन जोडे। कप्तान रोहितकुमार पौडेलले ४६ बलमा २ चौकाको मदतमा ३६ रन बनाएर आउट भएका थिए । उनी ओडिआईमा २००० रन पूरा गर्नबाट २ रनले मात्रै चुकेका छन् ।

त्यस्तै, उत्कृष्ट फिनिसिङ गर्ने क्रममा आठौं नंबरमा आएका करण केसीले ३१ रनमै ४९ रन बनाए । उनी अर्धशतक बनाउनबाट एक रनले मात्रै चुके । सो क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए ।

अमेरिकाका लागि हर्मित सिंहले ३ विकेट लिए भने नोस्तुश केन्जिगे र सौरभ नेत्रावलकरले समान २ विकेट लिए ।

नेपालले यस सिरिजमा यसअघिका दुई खेलमा पराजय भोगेको हुनाले यो खेलमा जित हासिल गर्नका लागि अब बलरहरूले कसिलो बलिङ गर्नुपर्नेछ। नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग पाच विकेटले पराजित भएको थियो ।

Skip This
Skip This
Logo