फुटबलमा पेनाल्टी शुट आउटलाई फुटबल समर्थकले खासै मन पराउँदैनन् तर पनि निर्धारित समयसम्म कुनै पनि टिमले गोल गर्न नसकेको खण्डमा परिणामका लागि यो तरिका उपयोगी मानिएको छ । "/>

के हो पेनाल्टी शुट आउट ? यो हो विश्वकपको पहिलो पेनाल्टी गोल

के हो पेनाल्टी शुट आउट ? यो हो विश्वकपको पहिलो पेनाल्टी गोल

केन्द्रबिन्दु
0
Shares

फुटबलमा पेनाल्टी शुट आउटलाई फुटबल समर्थकले खासै मन पराउँदैनन् तर पनि निर्धारित समयसम्म कुनै पनि टिमले गोल गर्न नसकेको खण्डमा परिणामका लागि यो तरिका उपयोगी मानिएको छ ।

सन् १९७० मा पहिलो पटक पेनाल्टी शुट आउटको प्रयोग गरिएको थियो । यो भन्दा पहिले निर्धारित समयमा कुनै पनि टोलीले गोल गर्न नसकेको खण्डमा सिक्काको प्रयोग गरिन्थ्यो ।
जर्मनीका एक रेफ्री कार्ल वाल्डले पेनाल्टी शुट आउटको प्रस्ताव युइएफएसँग गरे । जसअनुसार प्रत्येक टिमले ५—५ किक हान्न पाउने भए । ९० वर्षभन्दा बढि बाँच्न सफल कार्ल १९३६ मा पहिलो पटक रेफ्रीको भूमिकामा देखा परे । ४० वर्षको करियरमा १ खेलमा रेफ्री बनेका उनले १९७० बाट प्रत्येक फुटबल प्रतियोगितामा पेनाल्टी शुट आउटको अनिवार्य गरे ।

युइएफएले पेनाल्टी शुट आउटलाई मान्याता दिएपछि जर्मन फुटबल एसोसिएसनले पनि यसैलाई पच्छ्याउन थाल्यो र पछि आएर फिफले पनि १९७६ पछि यसलाई मान्यता दियो । त्यसबेला युरोपियन च्याम्पियनशिप मा जर्मनीले चेकोस्लोभाकियालाई हराएको थियो ।

१९८२ को फिफा विश्वकपमा पहिलो पटक पेनाल्टी शुट आउटको प्रयोग गरिएको थियो । १९९४ को विश्वकपमा फाइनलमा समेत पेनाल्टी शुट आउटको प्रयोग गरिएको थियो ।आजभन्दा २४ वर्षपहिले १ लाख ३५ हजार दर्शक रहेको पासाडेना क्यालीफोर्निया स्टेडियममा ब्राजिलले इटालीलाई पेनाल्टी शुट आउटमा पराजित गरेर उपाधि जितेको थियो ।

Skip This
Skip This
Logo