टिम डेभिड र स्टोइनिस चम्किँदा अष्ट्रेलियाले भारतलाई दियो १८७ रनको लक्ष्य

टिम डेभिड र स्टोइनिस चम्किँदा अष्ट्रेलियाले भारतलाई दियो १८७ रनको लक्ष्य

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । भारतविरुद्धको टी-२० शृंखलाको दाेस्राे खेलमा अष्ट्रेलियाले टिम डेभिड र मार्कस स्टोइनिसको विस्फोटक अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रनको विशाल योगफल खडा गरेको छ।

यससँगै भारतले जितका लागि १८७ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अष्ट्रेलियाको पारीमा मध्यक्रमका ब्याट्सम्यान टिम डेभिड ले मात्र ३८ बलमा ७४ रन को सानदार पारी खेले। उनलाई अर्का शक्तिशाली अलराउन्डर मार्कस स्टोइनिस ले उत्कृष्ट साथ दिए। स्टोइनिसले ३९ बल खेल्दै ६४ रन बनाए। यी दुई खेलाडीको आक्रामक ब्याटिङले नै अष्ट्रेलियालाई बलियो स्थितिमा पुर्‍याएको थियो।

बलिङमा अर्शदीप सिंहले ३ विकेट लिएपनि वरुण चक्रवर्तीले २ महत्त्वपूर्ण विकेट लिए।

Skip This
Skip This
Logo