रोमाञ्चक खेलमा भारतले अष्ट्रेलियालाई हरायो

रोमाञ्चक खेलमा भारतले अष्ट्रेलियालाई हरायो

केन्द्रबिन्दु
63
Shares

काठमाडाैं । अष्ट्रेलियासँगकाे जारी पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो खेलमा भारतले ५ विकेटको रोमाञ्चक जित हात पारेको छ। यो जितसँगै भारतले शृंखलामा १-१ को अग्रता लिएको छ ।

अष्ट्रेलियाको शानदार प्रदर्शन टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रनको विशाल योगफल खडा गरेको थियो। अष्ट्रेलियाको इनिङ्समा टिम डेविडले उत्कृष्ट ब्याटिङ गर्दै ७४ रन बनाएका थिए भने मार्कुस स्टोइनिसले पनि ६४ रनको महत्त्वपूर्ण योगदान दिएका थिए।

भारतका लागि तीव्र गतिका बलर अर्शदीप सिंहले ३५ रन खर्चेर ३ विकेट लिए भने वरुण चक्रवर्तीले पनि २ विकेट लिएर अष्ट्रेलियालाई ठूलो स्कोर बनाउनबाट केही हदसम्म रोकेका थिए।

त्यसपछि १८७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको भारतले मात्र १८.३ ओभरमा ५ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो। भारतका लागि वासिङ्टन सुन्दरले उत्कृष्ट ब्याटिङ गर्दै ४९ रनमा अविजित रहे। यस्तै, अभिषेक शर्माले २५ र तिलक वर्माले २९ रनको महत्त्वपूर्ण इनिङ खेलेर टोलीको जितको आधार तयार पारेका थिए।

अष्ट्रेलियाका बलरहरूमध्ये नाथन एलिसले ३ विकेट लिए पनि अन्य बलरहरू भारतीय ब्याट्सम्यानलाई रोक्न सफल हुन सकेनन्।

Skip This
Skip This
Logo