सुदूरपश्चिम रोयल्सले कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट गर्ने

सुदूरपश्चिम रोयल्सले कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट गर्ने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आगामी नोमेम्बर (९ र १०) कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ।

यो ट्यालेन्ट हन्ट धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा सञ्चालन हुनेछ। ट्यालेन्ट हन्टमा सहभागि हुनका लागि नोमेम्बर (५) किर्तिक १९ गतेसम्म खेलाडीले दर्ता गरिसक्नु पर्नेछ ।

सुदूरपश्चिम रोयल्सले यस ट्यालेन्ट हन्टमा सुदूरपश्चिम प्रदेशका युवा खेलाडीहरूको उल्लेख्य सहभागिता रहने विश्वास लिएको छ। एनपीएलको साविक उप विजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि आज (शनिबार) बाट प्रशिक्षण पनि सुरु गरेको छ। दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते देखि २७ गतेसम्म आयोजना हुनेछ।

Skip This
Skip This
Logo