दूधे रङ्गशालामा दश लाख राशीको अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि हुँदै

दूधे रङ्गशालामा दश लाख राशीको अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि हुँदै

केन्द्रबिन्दु
15
Shares

झापा। झापा महिला गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ‘मान्था’ चक्रवत्को कारण दुई दिनपछि सरेको सर्वाधिक राशिको प्रतियोगिता आजदेखि हुने भएको हो ।

कात्तिक २४ सम्म शिवसताक्षीस्थित दूधे रङ्गशालामा गोल्डकप हुन लागेको गोल्डपको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताउए । आजको उद्घाटन खेलमा नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

रङ्गशालामा एकैपटक १५ हजार दर्शकले प्रत्यक्ष खेल हेर्न सक्ने गरी स्थायी र अस्याथी प्यारापिट निर्माण गरिएको छ । प्रतियोगितामा एपिएफ, नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, सङ्कटा, झापा, आरएस पोखरा र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब गरी आठ टोलीले सहभागिता रहेनछ ।

प्रतियोगिताको विजेताले रु १० लाख १० हजार र उपविजेताले रु पाँच लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार प्रदान गरिने अध्यक्ष थोप्राले बताए। उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उदीयमान खेलाडी, प्रशिक्षक र उच्च गोलकर्ताले समान रु २५ हजार पुरस्कार पाउने छन् ।

Logo