वेस्ट इन्डिजमाथि न्युजिल्याण्डको रोमाञ्चक जित

वेस्ट इन्डिजमाथि न्युजिल्याण्डको रोमाञ्चक जित

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली न्युजिल्याण्डले वेस्ट इन्डिजमाथि रोमाञ्चक जित दर्ता गरेको छ । आज भएको खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिज ३ रनको झिनो अन्तरले पराजित गर्दै पाँच खेलको शृङ्खला १-१ को बराबरीमा ल्याएको हो ।

वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन जोडेको थियो । यस इनिङ्सको नायक बने मार्क च्यापम्यान, जसले मात्र २८ बलमा ७८ रन प्रहार गरे। उनले आफ्नो पारीमा ६ चौका र ७ छक्का प्रहार गरे । साथै टिम रोबिन्सनले ३९ रन तथा ड्यारेल मिचेलले २८ रन जोडे ।

वेस्ट इन्डिजका रोष्टन चेजले २ विकेट लिए ।

२०८ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पनि अन्तिमसम्म कडा टक्कर दियो, तर लक्ष्यभन्दा ३ रन पछाडि रहँदै २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका रोभम्यान पावेलले केवल १६ बलमा ४५ रन बनाए भने रोमारियो शेफर्डले ३४ र अलिक अथानाजेले ३३ रन जोडे। तर जित दिलाउन सकेनन् ।

न्युजिल्याण्डका बलरहरूमध्ये मिचेल स्यान्टनर र ईश सोधीले समान ३ विकेट लिए ।

Logo