हङकङ सिक्सेसः नेपालले आज पहिलो खेलमा अफगानिस्तानसँग भिड्दै

हङकङ सिक्सेसः नेपालले आज पहिलो खेलमा अफगानिस्तानसँग भिड्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस २०२५ अन्तर्गत नेपालले आज पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार बिहान ८ः३० बजे मङ कोकस्थित मिसन रोड ग्राउन्डमा सुरु हुनेछ ।

शरद भेषावकरको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप जोरा, लोकेश बम, बशिर अहमद, आदिल आलम, रशिद खान र रुपेश सिंह छन्। नेपाल रहेको समूह ‘ए’ मा अफगानिस्तान र दक्षिण अफ्रिका पनि छन्।

त्यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र यूएई छन् । समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान छन् । समूह ‘डी’ मा आयोजक हङकङसँगै बंगलादेश र श्रीलंका रहेका छन्।

Logo