युरोपा लिगः लियोनमाथि रियल बेटिसको जित

युरोपा लिगः लियोनमाथि रियल बेटिसको जित

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । युरोपा लिगमा स्पेनिस क्लब रियल बेटिसले फ्रान्सेली प्रतिद्वन्द्वी लियोनलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

रियल बेटिसले पहिलो हाफमै दुवै गोल गर्दै आफ्नो पकड बलियो बनाएको थियो। टोलीका लागि पहिलो गोल खेलको २९औँ मिनेटमा अब्दे एज्जाउलीले गरे। त्यसको केही मिनेटपछि नै अर्थात् ३५औँ मिनेटमा एन्टनीले अर्को गोल थपेर टोलीलाई २-० को अग्रता दिलाए ।

लियोनले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।

Logo