हङकङ सिक्सेसः कुवेतमाथि पाकिस्तानकाे सनसनीपूर्ण जित

हङकङ सिक्सेसः कुवेतमाथि पाकिस्तानकाे सनसनीपूर्ण जित

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । क्रिकेटको छोटो र रोमाञ्चक स्वरूप हङकङ सिक्सर्स २०२५ मा पाकिस्तानले कुवेतलाई ४ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ।

अति उच्च स्कोर बनेको यस प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले ६-६ ओभरको खेलमा २१ को रनरेट कायम गरेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले ६ ओभरमा मात्र २ विकेट गुमाउँदै १२३ रनको विशाल योगफल खडा गर्यो। कुवेतका लागि एम. भभसारले १४ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ४० रन बनाएर नटआउट रहे। यस्तै, यू पटेलले ९ बलमा ३१ रनको विस्फोटक पारी खेले।

१२४ रनको ठूलो लक्ष्य पछ्याएको पाकिस्तानले पनि २ विकेट गुमाउँदै ६ ओभरमा उक्त लक्ष्य सफलतापूर्वक भेट्टायो। कप्तान अब्बास अफ्रिदीले मात्र १२ बलको सामना गर्दै १ चौका र ८ छक्काको मद्दतले ५५ रनको तुफानी पारी खेले र रिटायर्ड हर्ट भए।

तल्लो क्रममा एस अजिजले ५ बलमा २३ रन बनाएर टोलीलाई जितसम्म डोर्‍याए।
खवाजा नफेले पनि ११ बलमा २५ रन जोडे। यस रोमाञ्चक र उच्च स्कोरको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शनका लागि पाकिस्तानका अब्बास अफ्रिदी लाई प्लेयर अफ द म्याच घोषित भए ।

Logo