अफगानिस्तानले नेपाललाई दियो ११३ रनको लक्ष्य, राशिदको ह्याट्रिक विकेट

अफगानिस्तानले नेपाललाई दियो ११३ रनको लक्ष्य, राशिदको ह्याट्रिक विकेट

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस २०२५ अन्तर्गत पहिलो खेलमा अफगानिस्तानले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । मङ कोकस्थित मिसन रोड ग्राउन्डमा टस जितेर अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेटको क्षतिमा ११२ रन जोडेको हो ।

आक्रामक सुरुवात गरेको अफगानिस्तानका ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गर्दै १८.६७ को रनरेट कायम गरे। टोलीका लागि सर्वाधिक रन बनाउने क्रममा करिम जनतले मात्र १० बलमा २ चौका र ४ छक्कासहित ३५ रन बनाए। अर्का ब्याट्सम्यान सफी ९ बलमा २ चौका र ३ छक्काको मद्दतले ३० रन बनाएर नटआउट रहे।

कप्तान गुलाब नाइबले १० बलमा ३ छक्कासहित २२ रनको महत्त्वपूर्ण योगदान दिए।

नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । उनले पाँचौं ओभरको पहिलो बलमा बाइड फ्याँकेपनि त्यसपछिका तीन बलमा ह्याट्रिक विकेट लिएका हुन् ।

Logo